Advertisement

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

0 476

Advertisement

१० साउन, गुल्मी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गर्नुभयो ।

नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताउनुभयो । “केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरुका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि ! खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन”, ज्ञवालीले भन्नुभयो ।

उहाँले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढने जिकिर गर्नुभयो । एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उहाँले खेलको नियममा रेफ्रिले निष्पक्ष रुपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै नेता ज्ञवालीले बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष स्वर्गीय अशोककुमार थापाको निधनमा श्रद्धाञ्जलि एवं समवेदना दिन शनिबार गृह जिल्ला पुग्नुभएका ज्ञवालीले आजै एमाले पार्टी कार्यालयमा यहाँका नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजतीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.