Advertisement

महालक्ष्मी विकास बैंकको खुद नाफा ७१.०२ प्रतिशतले वृद्धि

0 368

Advertisement

०६ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले खुद नाफा ७१.०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ बढीले थप गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको उल्लेख छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले १६.९६ प्रतिशत लाभांश वितरण क्षमता राख्छ ।

यसैगरी, बैंकले गत आवको असार मसान्तसम्म ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

जुन अघिल्लो आवको तुलनामा १.५० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंक ६७.७९ प्रतिशतले सञ्चालन नाफामा वृद्धि गरी १ अर्ब २ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५२ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ । गत आवको असार मसान्तसम्म बैंकको आधारदर ७.२८ प्रतिशत र स्प्रेडदर ४.५३ प्रतिशत कायम छ ।

गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा, मूल्य आम्दानी रेसीयो २०.२९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ७५ पैसा रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.