Advertisement

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

0 487

Advertisement

०१ साउन, पर्सा । उन्नाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका-६ बस्ने २५ वर्षीय शिववालक महत्तो रहेका छन् ।
काठमाडौं कलंकीबाट असार २७ गते विहान बुटवल जाने भनि २ वर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा गएकी महिलालाई सोही ट्रकका चालक सुनिलले चितवन रामनगरसम्म ल्याई जबरजस्ती करणी गरी असार २९ गते दिउँसो पुन ना.६ ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको खुल्न आएको छ ।

साथै उक्त ना.६ ख ३३६९ नम्बरको ट्रकका चालक शिववालकले वुटवल जाने भनि वीरगंजतर्फ लगि शिववालक, सोही ट्रकका सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक जबरजस्ती करणी गरी असार ३० गते वीरगंज महानगरपालिका-१७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी छोडेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्दार गरेको थियो ।

तत्पश्चात जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालक लगायतका व्यक्तिहरुले जबरजस्ती करणी गरेको खुलेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।


घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.