Advertisement

राससका प्रधानसम्पादकमा पाठक

0 242

Advertisement

३१ असार, काठमाडौं ।  राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त हुनुभएको छ । हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उहाँले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिनुभयो । साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उहाँलाई बधाई दिनुभयो ।

हाल प्रधानसम्पादक रहनुभएका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा हुनुभएको छ । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा हुनुभएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिनुभयो ।

हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको थियो । उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ ।

सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरराष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त हुनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.