Advertisement

अभिनेत्री जेनी कुँवर अपार्टमेन्टमा मृत फेला

0 807

Advertisement

२५ असार, काठमाडौं । अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छन् । बिहीबार बेलुकी काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनलाई मृत अवस्थामा फेला पारेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।

‘उहाँको शव झुन्डिएको अवस्थामा फेला परेको हो । घटनास्थलले उहाँको आत्महत्या भएको देखिन्छ । हाम्रो टिम त्यहाँ अनुसन्धानमा खटिएको छ,’ सिंहले भने । उनका अनुसार घटनास्थलमा सुसाइड नोट भेटिएको छ ।

उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो ।

पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

जेनीका छोरा र छोरी विदेशमा छन् ।

जेनीले ‘घायल’, ‘खरानी’, ‘हलचल’, ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’ लगायत दर्जन फिल्ममा अभिनय गरेकी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.