Advertisement

बाढीबाट क्षतिग्रस्त सम्पत्तिबापत करीब २ अर्बको बीमा दाबी

0 780

Advertisement

२५ असार, काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा दुई अर्ब ९२ करोड तीन लाख रुपैयाँ बराबरको तीन सय ३१ वटा बीमा दाबी माग भएको हो । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ ।

बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । बाढीबाट भएको भौतिक क्षतिबापत थप दाबी आउन सक्ने समितिले बताएको छ । आर्थिक अभियान दैनिकबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.