Advertisement

सञ्चालनमा आयो समुन्द्रटार–त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन

0 204

Advertisement

२० असार, नुवाकोट । मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको सरकारले अर्को महत्वपूर्ण परियोजना निर्माण सम्पन्न गरेको छ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभाव खेपिरहेका सन्दर्भमा समुन्द्रटार–त्रिशुली ३ बी केन्द्र १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै सो आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ केन्द्र सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलामा निजी क्षेत्रका ऊर्जा उद्यमीले निर्माण गरेका ६० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाले बिजुली जोडन सक्ने भएका छन् । ती सबै आयोजना केही सम्पन्न हुने चरणमा पुगेका छन् भने केही निर्माणका क्रममा छन् ।

कूल २६ किलोमिटर प्रसारण लाइनमध्ये तीन किलोमिटर खण्ड मल्टिसर्किटयुक्त छ । त्यसमा दुई सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ । समुन्द्रटार सबस्टेसनमा १३२÷३३ केभीतर्फ दुई थान ३० एमभीए क्षमताका ट्रान्सफर्मर र ३३÷११ केभीतर्फ दुई थान आठ एमभिए क्षमताका ट्रान्सफर्मर जडान गरिएको छ । त्यस्तै १३२ केभीतर्फ पाँच वटा ‘बे’ र ३३ केभीतर्फ चार वटा ‘बे’ उपकरण जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।

सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । नेपाल सरकारको लगानी र एशियाली विकास बैंक (एडिबी) तथा युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन र सबस्टेसनको कूल लागत रु एक अर्ब ५५ करोड रहेको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिइ एफइपिइसी जेभी, चीनसँग २०७३ मङ्सिर १३ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

सो आयोजनाको उद्घाटन गर्दै प्र्रधानमन्त्रीले ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको थियो । सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलित ढङ्गले अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो । “पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सहायक लाइनहरु नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौँ”, प्रधानमन्त्रीको भन्नुभएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.