Advertisement

खेलको विकासका लागि बन्दैछन् करोडौँका खेलकूद संरचना

0 347

Advertisement

११ असार, भोजपुर । राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउने अल्ट्राधाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडीलाई पनि यो भूमिले जन्माएको छ ।

यद्यपि खेल क्षेत्रमा यति धेरै योगदान पु¥याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनमा दीर्घकालीन योजनाका साथ काम नहँुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् । देश सङ्घीय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौवटा स्थानीय तहले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । भोजपुरमा कुनै ठूलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा पनि खेल मैदानको अभाव नै छ ।

यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रङ्गशालाको निर्माण शुरु भएपछि भने खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङ भरेको छ । मापदण्डानुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकास हुन सकिरहेको छैन ।

पाँच हजार मानिस अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासीमा उत्साह थपिएको छ । प्रदेश–१ सरकारको रु १४ करोड पाँच लाखमा गत मङ्सिरदेखि तीव्रगतिमा रङ्गशाला बनिरहेको छ । विसं २०८० सम्ममा सम्पन्न गर्नुपर्ने अवधि भए पनि तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माणको जिम्मा लिएको रायमाझी मार्सेली निर्माण जेभीले जनाएको छ । । विसं २०७६ कात्तिक ७ गतेदेखि शुरु भएको निर्माण समयमै रकम निकासा हुनसके समयावधिभन्दा झण्डै डेढ वर्ष अगाडि नै काम सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रमुख श्याम श्रेष्ठले बताउनुभयो । उहाँले श्रेष्ठले भन्नुभयो, “तोकिएको मापदण्डानुसार निर्माणको काम भइरहेको छ । बजेटलगायत अन्य कुनै समस्या नआएमा यो आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।”

भोजपुरको फुटबल क्षेत्रमा टेवा पु¥याउने लक्ष्यले विसं २०६४ मा पहिलो पटक जिल्ला विकास समिति बोर्डले रु ५५ लाख मूल्यमा जिल्ला खेलकूद परिषद्मार्फत रङ्गशालाको जग्गा खरिद गरेको थियो । जिविसबाट छुट्याइएको केही रकमबाट रङ्गशालाको स्तरोन्नति गर्ने काम थालिए पनि बजेट अभावमा अगाडि बढ्न सकेन । हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।

सात हजार वर्ग मिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सातवटा प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ १०२ मिटरको लम्बाइ र पश्चिमतर्फ १०५ मिटरको लम्बाइमा मैदान सम्याइएको छ । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जीनियरहरूले नियमित अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डानुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताउनुभयो ।

रङ्गशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केही संरचनाको विषयमा भोजपुर जिल्ला फुटबल सङ्घले ध्यानाकर्षण गराउँदै आएको जनाएकोे छ । “भोजपुरको खेल क्षेत्रको विकासमा रङ्गशालाले निकै ठूलो टेवा पुग्ने देखिन्छ । प्रदेश नं १ सरकारले जुन योजनाका साथ काम थालेको छ, यसले जिल्लावासी तथा खेलाडी र खेलप्रेमीमा उत्साह बढेको छ”, भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविन सुवालले भन्नुभयो, “विभिन्न समयमा हामीले अन्तर्राष्ट्रियस्तरको खेल खेलाउँदै आएको भए पनि मापदण्डानुसारको खेल मैदान नहँुदा धेरै समस्या झेल्नुपरेको छ । रङ्गशाला निर्माण सम्पन्न भएपछि त्यो समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।”

विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रङ्गशाला’ निर्माणको काम पनि तीव्रगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । भोजपुर रङ्गशालासँगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रङ्गशाला’को काम पनि तीव्रगतिमा भइरहेको छ । गाउँपालिकाको क्रमागत बजेटअन्र्तगत रु ५५ लाख र प्रदेश सरकारको रु एक करोड ३५ लाख गरी झण्डै रु दुई करोडको लागतमा सो रङ्गशाला निर्माण भइरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजनाअन्तर्गतकै रु छ करोड लागतमा षडानन्द नगरपालिकाको दिङ्ला रङ्गशाला पनि निर्माण काम भइरहेको छ ।

यस्तै प्रदेश सरकारकै रु ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेल मैदान र रु २५ लाख लागतमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकूद रङ्गशाला निर्माण क्रम जारी छ । अन्य दर्जनाँै खेलकूद आयोजना सञ्चालनमा छन् । यसले खेलकूद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।

वर्षौँदेखि बजेट अभाव झेल्दै आएको रङ्गशालाको झण्डै १२ वर्षमा रु ४० लाख बराबर लागतमा केही प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडाअन्तर्गत स्तरोन्नतिमा केही रकम छुट्याउँदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रङ्गशालाका रूपमा भोजपुर रङ्गशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वरभूमि बन्ने भोजपुर नगरप्रमुख कैलाशकुमार आले बताउनुहुन्छ । थोरै बजेटले पर्याप्त नभएपछि बेवारिसजस्तै बन्दै आएको रङ्गशाला जिल्लाकै प्रतिष्ठा बोक्ने किसिमको हुनेमा भोजपुरवासी विश्वस्त रहेको उहाँले बताउनुभयो ।

भोजपुर जिल्ला फुटबल सङ्घले आधिकारिकरूपमा सम्बन्धित निकायसामु पहल गरे पनि रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल सङ्घले पटकपटक रङ्गशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत प्रदेश सरकारले नमूना रङ्गशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको सङ्घका कोषाध्यक्ष विनम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाँैपछि रङ्गशालाले नयाँ रूप लिने सपना पूरा हुने भएको छ । स्तरोन्नतिका लागि पर्याप्त बजेट र उपकरण सामग्री पनि पर्याप्त हुने भएको छ । यसभन्दा अगाडिका समयमा विविध प्राविधिक कारणवश बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.