Advertisement

नवनियुक्त निर्वाचन आयुक्त जबराले लिए शपथ

0 525

Advertisement

१० असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलिया समक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् ।

निर्वाचन आयुक्त राणाले आजै पदबहाली गर्नुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।

हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि संवैधानिक व्यवस्थाअनुरुप उनको शपथ र पदबहाली भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.