Advertisement

सातै प्रदेश प्रहरी प्रमुख हेरफेर, एआइजीको दरबन्दी थप

0 573

Advertisement

०८ असार, काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको तीनवटा मात्र दरबन्दी छ । महानगरीय प्रहरी कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजीको दरबन्दी छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चारवटा हुनेछ ।यससँगै भावी प्रहरी महानिरीक्षकको खेलमा पनि परिवर्तन हुनेछ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउनेछन् । त्यो अवस्थामा विश्वराज पोखरेल महानिरीक्षकका एक्ला दाबेदार रहेका भए पनि दरबन्दी थप भएपछि महानिरीक्षक पदमा अब दुईजनाको प्रतिस्पर्धा हुनेछ । हालका डिआइजीमध्ये सहकुल थापा पहिलो नम्बरमा भएकाले उनकै लागि एआइजीको दरबन्दी थप भएको स्रोत बताउँछ । जसकारण उनलाई प्रदेश प्रहरी कार्यालयमा समेत पठाइएको छैन ।

गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा डिआइजी अरुण बिसी, प्रदेश नम्बर २ मा उमेश रञ्जितकार, बागमती प्रेदशमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर तथा सुदूरपश्चिम प्रहरी कार्यालय प्रमुखमा पुरुषोत्तम कँडेलको सरुवा भएको छ । त्यस्तै, प्रदेश नम्बर २ मा कार्यरत धीरजप्रताप सिंहको सिआइबीमा सरुवा भएको छ । विशेष ब्युरोको प्रमुखमा गण्डकी प्रदेशमा कार्यरत घनश्याम अर्यालको सरुवा भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.