Advertisement

भर्चुअल फिल्म फेस्टिभलमा जुलुङ्गोलाई जुरी अवार्ड

0 1,279

Advertisement

०८ असार, काठमाडौं । भर्चुअल रुपमा चार दिनसम्म सञ्चालन भएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो (स्केरक्रो)’ले ‘लघु फिल्म’तर्फको ‘उत्कृष्ट जुरी अवार्ड’ जितेको छ ।

महोत्सवमा लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्म ‘ग्रामर्सी’ उत्कृष्ट घोषित भएको छ । महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ पाएको छ ।

लोरी फेल्करकको फिल्म ‘स्पोटेनस’ले ‘उत्कृष्ट एक्सपेरिमेन्टल’को जुरी अवार्ड, लेमोह्याङ जेरिमाया मोसेजद्वारा निर्देशित ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ले ‘उत्कृष्ट फिचर फिल्म’को जुरी अवार्ड र ‘ग्रान्ड जुरी अवार्ड’ प्राप्त गर्यो ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा फिल्म प्रदर्शन भएका थिए । महोत्सव अवधिभर निःशुल्क फिल्म प्रदर्शन गरिएको थियो ।

महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.