Advertisement

कास्कीमा परिवर्तित निषेधाज्ञा लागु

0 1,212

Advertisement

०८ असार, कास्की । कास्कीमा आजदेखि लागू हुनेगरी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि एक साता थप गरेको हो ।आजदेखि लागु हुने निषेधाज्ञामा जोरबिजोरका आधारमा निजी सवारीसाधन संचालन हुने छन् भने विभिन्र पेसा, व्यवसाय तथा पसलहरु बिहान ५ बजे देखि १२ बजेसम्म खुल्ने छन।

निजी सवारीसाधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरु जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चल्नेछन । साना निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।


कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसायहरु बिहान ५ बजेदेखि १२ बजेसम्म दैनिक रुपमा खोल्न दिइने भएको छ । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भएर संचालन नगरी अनलाइन रुपमा संचालन गर्न सकिने भएकाे छ । विवाह, ब्रतबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा संचालन गर्न नपाइने भएको छ । पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १० जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । आफू नै प्रत्यक्ष संलग्न भइ गर्नुपर्ने मृत्यु संस्कारबाहेकका अन्य गतिविधिमा संलग्न नहुन पनि प्रशासनले रोक लगाइएको छ ।

अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म संचालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ । त्यसैगरी फलफूल तथा तरकारीको थोक विक्रेताले विक्रिवितरण गर्न पाइने छैन ।ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुुवानी गर्न सक्नेछन् । निर्माण सेवाका श्रमिक तथा कर्मचारीहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गर्ने प्रवन्ध मिलाइ निर्माण कार्य संचालन गर्न पाइने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यलय संचालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्वन गरी वर्क फ्रम होम पद्धतिबाट लागु गर्न प्रशासनले आग्रह गरेको छ ।कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । असार ७ गते मध्यरातसम्म कायम निषेधाज्ञामा पुनः समय एक साता थप गरी असार १५ गतेसम्म पुर्याइएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.