कोरोना अपडेट: आज थपिए कोरोनाका ४५२२ संक्रमित
०८ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १६ हजार ९ सय १३ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।