Advertisement

आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’

0 698

Advertisement

०८ असा, काठमाडौं । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् ।

नीजि सवारी साधनमा जोर बिजोर र पसल व्यवसायलाई समय निर्धारण गरेर खुला राख्ने स्मार्ट लकडाउनलमा सार्वजनिक भाडाका सवारी भने चल्न पाउँने छैनन् । आजदेखि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक फरक समय निर्धारण गरिएको छ ।

यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे तथा होम डेलिबरी मात्रै सञ्चालनको अनुमती दिईएको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने सिडियोहरुको बैठकले निर्णय गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.