Advertisement

आजबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण

0 891

Advertisement

०८ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।

क्यानका म्यानेजर विनोद दासले भने टिमको बन्द प्रशिक्षणको तालिका सोमबारबाट भएपनि खेलाडीहरुले औपचारिक रुपमा आजबाट अभ्यास गर्ने जानकारी गराए ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो । सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ ।

क्यानले प्रशिक्षणमा सहभागी हुने १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण गरिसकेको छ । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी हुने छैनन् ।

व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी :

ज्ञानेन्द्र मल्ल,
कुशल भुर्तेल,
आरिफ शेख,
पारस खड्का,
दिपेन्द्र सिंह ऐरी,
आशिफ शेख,
कुशल मल्ल,
विनोद भण्डारी,
करण केसी,
सन्दीप लामिछाने,
सोमपाल कामी,
कमल सिंह ऐरी,
अविनाश बोहरा,
सन्दीप जोरा,
शाहब आलम,
शुशन भारी,
शरद भेषवाकर,
बिक्रम शोब,
पवन सर्राफ



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.