Advertisement

आकस्मिक रक्तदान कार्यक्रमा सहभागिताको निमन्त्रणा: गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियान

0 1,034

Advertisement

०७ असार, काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव भई बिरामिहरुको उपचार प्रभावित हुन थालेको छन् ।

यही सन्दर्भमा रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियानको संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।

यस परिस्थितीलाई मध्य नजर गर्दै असार ०९ गते कार्यक्रम हुन लागेको छ । उक्त कार्यक्रम चामुण्डा मन्दिर जोरपाटि प्राङगणमा बिहान ०८ बजेबाट सुरु हुने आयोजक गोकर्णेश्वर युवा समूहका प्रविन घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेले निषेधज्ञाको समयमा रक्तदान कार्यक्रम विरामीहरुमा रगतको अभाव नहोस भन्ने उद्धेयले केही सामाजिक कार्य गर्न र सामाजिक कार्यमा सहभागि हुन सवैमा आग्रह गर्नु भएको छ ।

उक्त कार्यक्रमको आयोजना गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियानको संयुक्त रुपमा रहेका छन् । साथै आयोजकले उक्त आकस्मिक रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गरेको छन् ।

स्वास्थ्य संकट चुलिंदो अवस्थामा छ । अक्सिजनको अभाव छ । अस्पतालको अभाव छ । यो त सरकारको जिम्मेवारीको बिषय रह्यो । रगतको पनि त्यत्तिकै अभाव छ । संकटको समयमा नागरिक चेतना अलि ज्यादा नै हुनुपर्छ ।। कम्तिमा रगतको अभावमा कोही मर्नु नपरोस, हामी नागरिक सचेत छौं । उनले भने ।

आयोजकले रक्तदान कार्यक्रम कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न अपनाउनु पर्ने सम्पूर्ण मापदण्ड अपनाई सम्पन्न
गरिने व्यहोर अनुरोध गरेको छ।

कार्यक्रमको संयोजक राजेश श्रेष्ठ रहनुभएको छ ।

रक्तदान कार्यक्रम स्थानः चामुण्डा मन्दिर जोरपाटि प्राङगण मिति २०७८ असार ०९ गते बुधबार समय बिहान ०८ बजे सुरु हुदै छ ।

राजेश श्रेष्ठ सम्पर्क नम्वर : ९८५१०९५३२९



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.