Advertisement

एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

0 933

Advertisement

०३ असार, काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ९८४ पुगेको छ । एन्टीजेन बिधिबाट हालसम्म २४ हजार ५६ को रिपोर्ट पोजेटिभ आएको छ । हाल नेपालमा ६१ ह्जार ७२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १४१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४५ हजार ६६२ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८८.६ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.