Advertisement

सिन्धुपाल्चोकको बलेफी, भोटेकोशीले खतराको तह नाघे, उच्च सतर्कता अपनाउनू – मौसम विभाग

0 1,794

Advertisement

०२ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकस्मात् जलसतह बढेर खतरा तह पार गरेकाले सतर्क रहन आग्रह गरेको छ । यस्तै बाह्रबिसेस्थित भोटेकोशी नदीको जलमापन केन्द्रमा पनि सतर्कता तह पार गरेकाले सुनकोशी नदी खुर्कोटसम्मका तटीय क्षेत्रमा बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण मंगलबार साँझ आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजारमा जोखिममा परेको छ । मेलम्ची नजिकै रहेको सशस्त्र प्रहरीको क्याम्प बगाएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म केही बेपत्ता भएको आशंका गरिएको भए पनि पुष्टि हुन सकेको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.