Advertisement

मेलम्चीमा भिषण बाढी पहिरो, व्यापक जनधन क्षतिको आशंका

1 2,396

Advertisement

०२ असार, सिन्धुपाल्चोक । मंगलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ । बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।

हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बू क्षेत्रमा बाढीले धेरै क्षति पुर्याएको बताए । ‘रातिको समय भएकोले क्षतिबारे केही बताउन नसके पनि ठूलो जनधनको क्षति पुर्याउको सहजै अनुमान गर्न सकिन्छ’,उनले भने । उनका अनुसार अहिले त्यस क्षेत्रमा ज्यान जोगाउन स्थानीय भाग–दौड मच्चिरहेको छ । डिएसी सपकोटाले इलाका प्रहरी कर्यालय हेलम्बू, प्रहरी चौकी तालामारङको भवनमा डुवानमा परेको बताए । प्रहरी आफै पनि असुरक्षित रहेको उनले बताए ।

स्थानीयका अनुसार हेलम्बू कै चनौटे बजार डुबानमा छ । पश्चिमी केन्द्र मेलम्ची बजारमा बाढी पहिरोले सबै आतंक निम्त्याएको छ । नदी सतह बढेर बजार छिरेको छ । स्थानीय आमएग्री बसपार्कमा क्षति पुर्याएको छ । रेडियो मेलम्ची भवन डुवानमा छ । नजिकै को झोलुंगे पुल नदीले नाग्न खोजिरहेको छ । सँगैको मोटोरेबल पुल समेत जोखिममा छ । मध्यराति सम्म स्थानीय ज्यान जोगाउन रुवावासी गर्दै भाग–दौड गरिरहेका छन् । स्थानीय पत्रकार देवराज सुवेदीका अनुसार बजारबासी भागेर सुरक्षित स्थल खोज्दै टार क्षेत्रमा आएका छन् । ‘यहाँ ठूलो मानवीय मानवीय क्षतिको आशंका छ’, उनले भने ।

मेलम्ची खोलाको मुहान हेलम्बू क्षेत्रबाट विभिन्न ठाउँमा पहिरो निम्तिएपछि नदी सतह बढेको स्थानीय बताउँछन् । पहिरोले नदी थुन्दै फेरि फुट्दै गर्ने भएपछि तल्लोका केही क्षेत्रमा क्षति पुगेको स्थानीयको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको नजिकै रहेको हेडवर्क्स आसपासमासमेत पहिरो गएको स्थानीयले बताए ।

आयोजनोको हेडवर्क्स र सुरुङमा क्षति भए नभएको एकिन छैन् । आयोजनाले मेलम्चीदेखि सुन्दरीजल आइपुगेको पानी सुरुङ मार्फत मुहानस्थलनमै फर्काए पछि मेलम्ची नदीको सतह मंगलबार देखि उसैपनि बढेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] सेनाले उद्धार गरेको छ। बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले […]

Leave A Reply

Your email address will not be published.