Advertisement

हंगेरीविरुद्ध मैदान उत्रिएसँगै रोनाल्डोले बनाए रेकर्ड

0 619

Advertisement

०१ असार, एजेन्सी । युरो २०२० अन्तर्गत मंगलबार हंगेरीविरुद्धको खेलमा मैदान उत्रिएसँगै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएका छन्।

जारी खेलमा हंगेरीविरुद्ध मैदान उत्रिएसँगै रोनाल्डो पाँच संस्करणको युरो कप खेल्ने पहिलो खेलाडी बने। यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलेका थिए।

चार संस्करणको युरो कप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।

हंगेरीविरुद्ध गोल गरे उनले अर्को रेकर्ड बनाउनेछन्। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन्। यद्यपी पहिलो हाफमा रोनाल्डोले पाएको अवसर खेर फाले। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

उनले चार युरो कपमा उनले ९ गोल गरेका छन्। रोनाल्डोले यसअघि फ्रान्सका प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान बराबरी गरेका थिए।

रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए।

यस्तै रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरो कपमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।

रोनाल्डोको नाममा युरो कपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि छ। उनले चार संस्करणमा २१ खेल खेलिसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.