Advertisement

प्याट्रिक सिकले गरे युरो कपको इतिहासकै लामो दूरीको गोल

0 695

Advertisement

०१ असार, एजेन्सी । प्याट्रिक सिकले युरो कप फुटबलकै सम्झनलायक गोल गर्दा चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको छ । सिकले ५२ औं मिनेटमा मैदानको झन्डै मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४९ दशमलव ७ टाढाबाट परबाट उनले गरेको गोल युरो इतिहासकै लामो दूरीको गोल रहेको युईएफएले जनाएको छ । यसअघि खेलको ४२ औ मिनेटमा हेडरमार्फत सिकले नै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए ।

टोस्र्टेनको नाममा थियो किर्तिमान

यसअघि जर्मनीका मिडफिल्डर टोस्र्टेनको नाममा युरोकपमा लामो दूरीबाट गोल गर्ने किर्तिमान थियो । सन् २००४ मा उनले ३८ दशमलव ६ मिटर परबाट गोल गरेका थिए ।

शीर्ष स्थानमा चेक गणतन्त्र

जीतसँगै प्रतियोगितामा विजयी सुरुवात गरेको चेक गणतन्त्र समूह डीको शीर्ष स्थानमा छ । समान ३ अंक बटुलेको इङल्यान्डभन्दा गोलअन्तरमा चेक अघि छ । इङल्यान्डले आइतबार क्रोयशियालाई १–० ले हराएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.