Advertisement

मन्त्री दिपक मनाङेलाई कारवाही गर्न माग

0 613

Advertisement

०१ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई कारवाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो ।

खेलकुदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.