Advertisement

गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद खारेज गर्ने निर्णय सदर

0 358

Advertisement

३१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज गर्ने निर्णयलाई सदर गरेकाे छ ।

राष्ट्रिय जनमोर्चा पार्टीको सिफारिसमा थापालाई पदमुक्त गरेको थियो । पदमुक्त भएपछि उहाँले सर्वाेच्च अदालतमा साे निर्णय विरूद्ध रिट दायर गर्नुभएकाे थियाे ।


सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट जारी भएको अन्तरिम आदेशपश्चात् परिस्थिति परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख छ ।


‘यस अवस्थामा विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी यस अदालतबाट जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यक र उपयुक्तता रहिरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नपर्ने सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ उपदफा ७ बमोजिम खारेज गरिदिएको छ । अरु नियमानुसार गर्नु,’ आदेशमा भनिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.