Advertisement

गृहमन्त्री खगराज अधिकारीद्वारा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको प्रधान कार्यलय निरीक्षण भ्रमण

0 960

Advertisement

२९ जेठ, काठमाडौं । गृहमन्त्री खगराज अधिकारीद्वारा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको प्रधान कार्यलय निरीक्षण भ्रमण गर्नुभएको छ ।

गृहमन्त्री खगराज अधिकारीले शनिबार दुवै प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित हुदै कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण कार्यक्रम गृहमन्त्री खगराज अधिकारी तथा प्रहरी महानिरीक्षक  शैलेश थापा क्षेत्री


गृहमन्त्री अधिकारीले कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै यस कार्यमा अझ बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।

सीमित साधन श्रोतका बावजुद नेपाल प्रहरीलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको चर्चा गर्दै यस सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।





मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.