Advertisement

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

0 757

Advertisement

२८ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

८.५० प्रतिशत आरबिबि डिबेञ्चर, २०८३ नामको कुल कित्ता ऋणपत्रमध्य बैंकले १० लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको प्रतिकित्ता रू. १ हजार दरको १० लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासन मार्फत बैंकले विक्री गर्न लागेको हो । यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरिदका लागि आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयमाफृत पनि आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा रहेको संकेत गर्ने केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.