Advertisement

आइतबार सेयर बजार उछाल, एकैदिन करिब साढे १७ अर्बको कारोबार

0 1,111

Advertisement

२३ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गजबको उछाल देखिएको छ। लामो समयसम्म अन्डरभ्यालुड रहेको बैंकिङ सेक्टरले बुलिस गति लिएपछि बजारमा अर्को चरणको उछाल आएको हो। नेप्से तीन हजारको विन्दु नजिक पुगेको छ।

आइतबार बैंकिङ्ग समुहमा लगानीकर्ता फर्किएपछि नेप्सेमा ५०.१४ अंकको धेरै वृद्धि हुँदै नेप्से सूचक यसअघि कायम भएको जेठ १० गतेको १७ अर्ब २ करोडको कारोबारको रेकर्ड तोडिएर ऐतिहासिक रेकर्ड कायम भएको छ । आइतबार कायम भएको २९०६.८९ बिन्दुको नेप्से परिसूचक र १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार रकम दुवै नयाँ रेकर्ड हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबारमा आएका १३ मध्ये ६ समुहको सूचक ऋणात्मक बनेको छ भने ७ वटा समुह उकालो लागेको छ । बैंकिङ्ग इन्डेक्समा ३.६६ प्रतिशतको बढोत्तरी भएको बजारमा लगानी समुह सर्वाधिक ३.९७ प्रतिशतले बढेको छ । अन्य ३.०३ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, म्युचुअल फण्ड १.६० वित्त १.४३ र लघुवित्तको सूचक ०.०८ प्रतिशतले बढेको छ । जलविद्युतको इन्डेक्स सर्वाधिक १.६३ प्रतिशतले घट्दा उत्पादन १.१४ र ब्यापार १.०२ प्रतिशतले घटेको छ । जीवन बीमा, निर्जीवन बीमा र होटल तथा टुरिजमको इन्डेक्स आधा प्रतिशत धेरैले घटेको छ ।

आइतबार नेप्से परिसूचक १.७६ प्रतिशतले बढेको बजारमा सेन्सेटिभ परिसूचक ७.८८ अंकले बढेर ५२०.९९ बिन्दुमा पुगेको छ । यसदिन कूल २१८ वटा कम्पनीको १ लाख ७१ हजार ६० वटा संख्यामा ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सेयर बजार करिब पचास अंकले बढेर नेप्से परिसूचक २९०६.४७ विन्दुमा पुगेको छ। बजार खुलेदेखि नै निकै तेज गतिमा उकालो लागेको बजारमा दिनभर नै उछाल कायम रह्‍यो। कारोबार पनि अहिलेसम्मकै सर्वाधिक भएको छ। आइतबार १७ अर्ब २७ करोड बढीको कारोबार भएको छ।यसअघि बजेट आएको भोलिपल्ट जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड बढीको सेयर कारोबार भएको छ। सेयर बजारमा सबैभन्दा सुरक्षित र सस्तो मानिएको बैंकिङ समूहको बजार मूल्य लामो समय स्थिर थियो। गत बिहीबारदेखि बैंकिङतिर लगानीकर्ताहरूको आकर्षण देखिएको हो।

आइतबार पनि लगानीकर्ताहरूको आकर्षणक केन्द्र बैंकिङ नै देखिएको छ। सर्वाधिक कमाउने, कारोबार अंक र भोलुम सबै हिसाबले टप पोजिसनमा बैंकहरू छन्। बैंकिङ सेक्टरको बुलिस ट्रेन्ड केही दिन कामयै रहने विज्ञहरू बताउँछन्। यसअघि लगानीकर्ताहरू हाइड्रोतिर बढी झुम्मिएका थिए। विकास बैंक र फाइनान्स कम्पनीमा आएको उछालपछि बैंकिङ समूह चम्किन लागेको हो।

कोरोना जोखिम, लकडाउन र राजनीतिक अन्योललाई समेत बेवास्ता गर्दै सेयर बजारमा पछिल्ला दिनमा निरन्तर उछाल देखिएको छ। हरेक दिनजसो कम्तीमा पनि १० अर्ब भन्दा माथि कारोबार भइरहेको छ। कारोबारको यो भोलुम निकै उत्साहजनक रहेकोले बजार अझ् माथि जाने आंकलन विज्ञहरूले गरेका छन्।

कोरोनाको बढ्दो जोखिम तथा निरन्तरको राजनीतिक अस्थिरताका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएकोले लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आएको बेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोना जोखिमका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। त्यहीं पैसा यतिबेला सेयर बजार ओइरिएको छ।

लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर अझै पनि खासै बढेको छैन। बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित भएका हुन्।

बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा आकर्षक कमाइ देखिएकोले पनि लगानीकर्ताको आकर्षण अब बैंकिङतिर केन्द्रित हुने देखिन्छ। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो। अब एक दुई महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्‍न सकिन्छ। वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजार ‘बुलिस रन’ मा अझ् अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.