Advertisement

भारतमा देखियो ७ दिनमै तौल घटाउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट

0 1,439

Advertisement

२३ जेठ, काठमाडौं । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ ।

भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो । तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरको छन् । उनीहरुका अनुसार यो दोस्रो बेरिएन्ट aL.1.1.28.2 निकै तेज छ ।

संक्रमित भएको सात दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ । यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ ।

पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार aL.1.1.28.2 भेरिएन्ट विदेशबाट आएका दुई व्यक्तिमा भेटिएको थियो । भारतमा अहिले यो भेरिएन्ट खासै नफैलिए पनि सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् । ्

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.