Advertisement

अवैध लागूऔषध सहित पक्राउ

0 571

Advertisement

२० जेठ,मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती होटलबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय ठाकुर गजुरेल, २० वर्षीय हिमाल बर्तौला, सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २७ वर्षीय बिशाल पौडेल र सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने ३० वर्षीय सोजन जोशी रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-१० स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-१० बस्ने ३४ वर्षीय राकेश पाण्डे र सोही ठाउँ बस्ने २६ वर्षीय बिशाल पाण्डे रहेका छन् । बा.४० प ३९९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।


झापा, बाह्रदशी गाउँपालिका-२ स्थित बुट्टाबारीचोकबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय कुल बहादुर कडेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नरैनापुर गाउँपालिका-३ बालापुरबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित राप्ती सोनारी गाउँपालिका-४ भवानीपुर बस्ने ४० वर्षीय बीर बहादुर केसीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.