Advertisement

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँट

0 652

Advertisement

२० जेठ, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले बैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । उक्त अवधिसम्म रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीहरुलाई ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद शेयर जेठ १८ गते बाँडफाँट गरेको हो ।

कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातको प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । कम्पनीको ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद शेयर भने विक्री हुन सकेको छैन् । वितरण हुन नसकेको उक्त हकप्रद शेयर अव कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ ।

यो हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गर्नेछ । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गरेको हो । हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड २४ लाख भन्दा बढी पुग्नेछ ।

कम्पनीले २०७७ चैत ८ गतेसम्म कायम शेयरधनीहरुका लागि यो हकप्रद शेयर विक्री गरेको हो । बाँडफाँट पश्चात कम्पनीको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछ । सूचीकृत पश्चात पनि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.