Advertisement

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड शेयर सूचीकरणको लागि सिडिएस एण्ड क्लियरिङ् लिमिटेडमा

0 735

Advertisement

१९ जेठ, काठमाडौं । आईपीओ बाँडफाँट गरी सूचीकृत हुन बाँकी रहेको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सिडिएस एण्ड क्लियरिङ् लिमिटेडमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ ।

सिडिएससीमा सूचीकरण गराएपश्चात आगामी साताभित्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउने तयारी कम्पनीले गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सन्राइज क्यापिटलले पुरा गरेको थियो ।

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी बैशाख ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो ।

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ ।

प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको लागि मूल्य तोक्ने गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.