Advertisement

भोकालाई भोजन र प्यासीलाई पानी खुवाउने सेवामा समर्पित जय महाकाल युवा समूह

0 851

Advertisement

लक्ष्मण फुयाल

१४ जेठ, काठमाडौं । कोरोना कहरले सवै क्षेत्रलाई आक्रान्त पारेको छ । शिक्षा, स्वास्थ्य,रोजगारी देखी समाजका हरेक वर्ग समूदाय यस विषम परिस्थितीबाट कोही अछुतो रहन सकेको छैन ।

देश अहिले कोरोनाको दोस्रो लहरको समाना गरिरहेका छ । दैनिक हजारौ मानिसहरु संक्रमण भैरहेका छन् भने दिनकै १०० माथि कोरोनाको संक्रमणबाट जिवन अन्त्य भएको छ । यस विषम अवस्थामा सरकार तथा स्थानीय निकायहरुले आफ्नो जिम्बेवारी राम्रो संग बहन गर्न सकेका छैनन् ।

तस्वीर : सरोज राई/ डिजिटल खवर

आज कोरोना संक्रमण बृद्धी संगै देशका विभिन्न स्थानमा आशिक तथा पूर्णरुपमा निषेधाज्ञा हुदै गर्दा आम सर्वसाधारण गरिव ,असाय , मजदुर बरोजगाहरु खाना तथा बाच्नको लागि रोग संगै भोक संग सघर्ष गरिरहेका छन् । तर यस विषम अवस्थामा पहिलो तथा दोस्रो निषेधाज्ञाको अवस्थामा धैरै युवा समूहले सामाजिक सेवा मार्फत सामाजिक पुन्यको काम गरिरहेका छन् ।

यही पुन्यको तथा सामाजिक कार्यक्रमा समर्पित रहेकव संस्था हो जय महाकाल युवा समूह कोही भोको नपरुन , कोही भोकले नमरुन भोकालाई भोजन प्यासीलाई पानी मूल नारा बोकेर यस संस्था असाय ब्यक्त्तिमा भोजन सेवामा अग्रसर भूमिका निर्वाह गर्दै छ ।

यस संस्थाले राजनधानिको तिन ठाउँ बालाजु पुल, गोगम्बु बिसपार्कसंगै विजि मल अगाडी र पशुपतिनाथ स्थित बनकाली बसपार्कमा दैनिक १२ सय देखी १४ सय व्यक्त्तिहरुमा भोजन सेवा उपल्व्ध गराउदै आएको यस जय महाकाल युवा समूहका महासचिव मनिष विश्वकर्माले बताउनुभयो ।

पहिलो लकडाउन समयममा २०७६ चैत्र २२ गतेबाट खाना खुवाउने कार्यमक्रमको सुरुवातमा रत्नपार्क,वनकाली हनुमानढोका,थापाथली,नयाँ बसपार्ककामा ११२ दिन सम्म दैनिक ८ हजार मानिसहरुमा भोजन उपल्वध गराएको तर पछि विभिन्न आर्थिक समस्या खाध्यन्नको अभाव विभिन्न अवरोधको कारण सवै ठाउमा सेवा दिन निरन्तरता दिन नसकेको तर पनि लकडाउनमा विजि महलमा अगाडी यो काम निरन्तर चलेको महासचिव विश्वकर्मा भन्नुभयो ।

साथै कोरोनाको दोस्रो लहर आय संगै हामीले भोजन सेवा फेरी सुरु गर्दै दैनिक हजारैको भोक तथा प्यास मेट्याको छौ उनले भने ।

हामीले विभिन्न सहयोगी हात तथा कालीमाटी तरकारी बजारबाट व्यापारीहरुको तरकारी सहयोग तथा समन्वयमा गरेको संस्थाका सदस्य अशोक विश्वकर्माले जानकारि दिनभयो ।

जय महाकाल युवा समूहले आयोजना गरेको कार्यक्रमा नायक निखिल उप्रेति तथा नायीका सञ्चिता लुईटेलले पनि एकेवद्धता जनाउदै भोजन वितरणमा साथ दिएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.