Advertisement

सन्दीपले नाइट राइडर्सबाट खेल्ने

0 691

Advertisement

१२ जेेष्ठ, एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ मा ट्रीनबेगो नाइट राइडर्सबाट खेल्ने भएका छन् ।

सिपिएलले नेपाली युवा स्टार सन्दीपले साविक विजेता काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको छ । गतवर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो ।

सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको छ । गतवर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गतवर्ष ९० हजार अमेरिकी डलर अर्थात एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

जमैकाले २०२१ को लागि टोलीमा अलराउन्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तीव्र गतिका बलर फिडेल एडवार्ड्स, विकेटकिपर चाडविक वाल्टन, स्पिनर वीरस्वामी पेर्माउल र अमेरिकी स्पिनर रयान पर्सौदलाई टोलीमा अनुबन्ध गर्दा अन्यलाई फुकुवा गरेको थियो । सन्दीप पनि फुकुवा सुचिमा परेका थिए ।

नाइट राइडर्समा कप्तान पोलार्ड सहित सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान, सिकन्दर राजा लगायतका खेलाडी छन् । ड्राफ्ट आगमी बुधबार हुने बताइएको छ । सिपिएल २०२१ आगमी अगष्ट २८ देखि १९ सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नर्भिसमा हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.