Advertisement

लेस्टरमाथि चेल्सीको जित

0 2,352

Advertisement

०५ जेष्ठ, एजेन्सी। इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २–१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।

खेलको ३४औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । रिस जेम्सको प्रहार युरी टिलेमान्सले क्लियर गर्दा पाएको कर्नरमा सिसर एज्पिलिक्वेटाको प्रहारलाई टिमो वेर्नरले गोल गरेपनि उनले बललाई नियन्त्रणमा लिनुअघि हातले छुन पुगेको भिएआरमा देखिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । बेन चिलवेलको कर्नरमा रुडिगरले गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । वेस्ले फोफानाले पेनाल्टी बक्समा टिमो वेर्नरमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनालटी प्रदान गरेको थियो ।

७६औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो । यो जितसँगै चेल्सीले गत शनिबार एफए कपको फाइनलमा भोगेको १–० को हारको बदला लिन सफल भएको छ ।

यो जितसँगै चेल्सीले शीर्ष चारमा रहेर अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३७ खेलबाट ६७ अंक छ । एक स्थान तल झरेको लेस्टरको समान खेलबाट ६६ अंक छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.