Advertisement

सीसीएमसीलाई शक्तिशाली बनाउने अध्यादेश ल्याउने तयारीमा मन्त्रिपरिषद् बैठक

0 975

Advertisement

०३ जेष्ठ, काठमाडाैं । मन्त्रीपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठकले केही महत्वपूर्ण निर्णय लिने बताइएको छ । कोभिड- १९ संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याउने सरकारकाे तयारी गरेको छ ।

सरकारी उच्च स्राेतका अनुसार बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई अति शक्तिशाली र विशेष अधिकार दिने गरि अध्यादेश ल्याउने भएको छ । नेपालमा कोरोना जोखिम बढ्दै जाँदा र अस्पतालहरुमा अभाव र तनाव बढ्दै गर्दा सीसीएमसीलाई शक्तिशाली बनाउने गरि अध्यायदेश जारी गर्ने तयारी गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेकाे थियाे । कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि ‘फास्ट ट्रयाक’ बाट भए पनि अध्यादेश ल्याउने तयारी भइरहेको बताइएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) नै अध्यादेश जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने तयारी भएको स्रोतको दाबी छ । हाल संक्रामक रोग ऐन, २०२० कार्यान्वयनमा रहेको छ । यो ऐनमा अहिलेको महामारी नियन्त्रणका लागि पर्याप्त व्यवस्था नभएकाले अध्यादेश ल्याउन लागिएकाे हाे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.