Advertisement

‘मिस युनिभर्स’को उपाधि मेक्सिकन सुन्दरीलाई

0 1,723

Advertisement

०३ जेष्ठ, न्यूयोर्क । ‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ६९ औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । २६ वर्षीया एन्ड्रियाले ७३ देशका सुन्दरीलाई पछि पार्दै यो उपाधि पोल्टामा पारेकी हुन् ।

एबीपीलाइभका अनुसार ५ फूट ११ इञ्चकी एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन् । उनी मेक्सिकोको चिहुवाहुवा सहरकी हुन् । जहाँ उनको पुरा परिवार बस्छन् ।

उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन दुत हुन् । एन्ड्रियाले आफ्नो ठाउँमा घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानीय संस्कृति प्रदर्शन गर्छिन् ।

Miss Mexico Andrea Meza Crowned Miss Universe 2021

महिला अधिकारका विषयमा उनी उत्तिकै सक्रिय छिन् । उनले म्युनिसिपल इनिस्टिच्यू फर वुमेनसँग नजिक रहेर काम गरेकी छन् । संस्थाको उद्देश्य लैंगिक हिंसा अन्त्य गर्नु हो ।

उनी एक सर्टिफाइट मेकअप आर्टिष्ट र मोडल हुन् । उनी क्रसफिस र एक्स्ट्रीम स्पोर्टसको शौखिन हुन् ।

समाज र जनावरप्रति विशेष सोच राख्ने एन्ड्रिया शाकाहारी हुन् । उनी विश्वलाई नै शाकाहारी भोजनका लागि प्रोत्साहित गर्छिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.