Advertisement

नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान उडान अनुमति

0 961

Advertisement

०३ जेठ, काठमाडौं । नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको समन्वय र साउदी सरकारको समेत अनुमतिपछि ति उडान स्वीकृत गरिएको हो । काठमाडौंबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरि अनुमति दिएको हो ।

१८ मेबाट नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले भारतीय नागरिकलाई साउदी लैजान शुरु गर्नेछन् । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको अनुमति दिइएको छ ।

भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि टिकट काट्न सक्ने भएका छन् । काठमाडौंमा निषेधाज्ञा अगाडी आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो । अहिले भने नेपालमा ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ । नेपालमा अन्तराष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले पहल शुरु गरेका छन् ।

हिमालय एयरलाइन्सका अनुसार हिमालयले दमामका लागि तीन वटै उडान मंगलबार गर्ने तालीका रहेको छ । यो रुटमा प्रतिव्यक्ति ८२० डलर भाडा तोकेर हिमालयले टिकट काट्न भनेको छ ।

नेपालमा रहेका विदेशी नागरिकलाई घर फर्काउन सम्बन्धित मुलुकका दूतावासको समन्वयमा उडानको व्यवस्थापन गर्न लागिएको पोखरेलले जानकारी दिए । सोही सिलसिलामा आज अमेरिकी नागरिक लैजान टर्किस एयरलाइन्स काठाडौं आउँदैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.