बिरामीका आफन्तलाई अक्सिजन ल्याऊ भन्न पाइँदैन, अस्पतालले व्यवस्था गर्नुपर्छ : स्वास्थ्य मन्त्रालय
०२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न निर्देशन दिएको छ । कतिपय अस्पतालहरूमा संक्रमितका आफन्तलाई अक्सिजन लिएर आउन भन्ने गरिएकाले अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार बोल्दै अक्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोज्नु भनेर अनावश्यक तनाव दिन नपाइने बताए ।
डा. गौतमले चीन र मस्कटबाट आइतबार आएको अक्सिजन सिलिन्डर सबै प्रदेशमा क्रमशः वितरण गरिने पनि जानकारी दिए ।