पोखरामा एक दिनमै १७ संक्रमितको मृत्यु
०२ जेठ, पोखरा । पछिल्लो २४ घण्टा पोखराका विभिन्न अस्पतालमा उपचाररत १७ कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकी प्रदेशमा शुक्रबार र शनिबार समेत गरी थप २८ संक्रमितको मृत्यु भएको हो ।
यो हालसम्मै उच्च संख्या रहेको बताईएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिप्लस अस्पताल, चरक मेमोरियल अस्पताल लगायतमा ती संक्रमितहरुले ज्यान गुमाएको हो ।