Advertisement

काठमाडौंमा कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गर्न सुरु

0 562

Advertisement

सरोज राई

०२ जेठ, काठमाडौं । काठमाडौंमा कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गर्न सुरु गरिएको छ।

आज काठमाडौंभर ५० वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइएको हो। गत वर्ष चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिइएको हो।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकेर भ्यक्सिन दिइएको थियो। भ्याक्सिन लगाउन बिहानदेखि मानिसहरु लाइनमा बसेका थिए।

काभ्रेपलान्चोक लगायतका काठमाडौं उपत्यका अन्य नगरपालिकाको पनि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्वर ६ मा स्थित महेन्द्र बौद्ध स्कुल केन्द्रमा खोप केन्द्रमा विहान ११ बजे सुरु भएको खोप कार्यक्रमा जम्मा ४२७ जनाले खोप लगाउनु भएको किल्नीकल इन्चार्ज नर्स सिता जिरेलले जनानकारी दिनुभयो । यो खोप १० दिन सम्म सञ्चालन हुने जिरेलले जानकारी दिइन ।

यही सन्दर्भमा हाम्रा डिजिटल खवरका फोटो प्रत्रकार सरोज राईले महेन्द्र बौद्ध स्कुल केन्द्रमा कैद गरेका केही तस्वीरहरु दाेस्राे डाेजकाे खाेप (तस्वीरमा)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.