Advertisement

बार्सिलोना लेभान्टेसँग रोकियो

0 642

Advertisement

२९ वैशाख, एजेन्सी । खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेसँग बराबरी खेलेको छ ।

घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्द्रै अंक खोस्न सफल भएको हो । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए ।

पछिल्लो दुई खेलमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेलेको थियो । लेभान्टेले पछि पछिल्लो दुई खेलमा दोस्रो बराबरीको नतिजा निकालेको हो । यसअघि लेभान्टेले एलाभेससँग २–२ गोलको बराबरी खेलेको थियो ।

भ्यालेन्सियामा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । जोर्डी अल्वाको क्रस जर्ज मिरामोनलाई डिफ्लेक्ट भएर आएको बललाई मेस्सीले भलीमार्फत गरेको प्रहारले गोलको दिशा लिएको थियो ।

३४औं मिनेटमा पेड्रीले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । तर दोस्रो हाफमा घरेलु टोली लेभान्टेले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई रोक्न सफल भयो । लेभान्टेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

५७औं मिनेटमा गोन्जालो मेलेरोले जर्ज मिरामोनको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसको दुई मिनेटपछि रोजरको पासमा जोस लुइस मोरालेसले गोल गर्दै खेललाई बराबरीमा ल्याउदै खेलमा रोमाञ्चक मोडमा धकेले ।

६४औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२ ले अघि बढाए । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा सर्जियो लिओनले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै बार्सिलोनालाई जितबाट वञ्चित गराए ।

यो बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा उपाधि होडमा पनि धक्का लागेको छ । बार्सिलोनाको ३६ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लेभान्टे ४० अंक जोडेर १३औं स्थानमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.