Advertisement

‘अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनुस्’ प्रधानमन्त्रीलाई गगन थापाको अपील (भिडियोसहित)

0 676

Advertisement


२९ बैशाख, काठमाडौं । दोस्रो चरणको कोरोना महामारी मुलुकभर तीब्र रुपमा फैलिरहेको अवस्थामा अक्सिजनको अभावमा ज्यान गुमाउने कोरोना संक्रमितहरुको संख्या पनि दिनानु दिन बढिरहेका छन् । त्यस्तै, अस्पतालहरुले समेत अक्सिजनको अभावका कारण दक्ष जनशक्ति भएर पनि संक्रमितहरुको उपचार गर्न सकिरहेका छैनन् ।

आज भएकै कुराको व्यवस्थापन गर्न सकेनौं भने त्यो चाहि आफ्नो कमजोरी हुन्छ, अयोग्ता हुन्छ, त्यो चाँहि आज भयो ।

अक्सिजन अभावकै कारण मुलुकभरका संक्रमितहरुले ज्यान गुमाइरहेका अवस्थामा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गर्नुभएको छ ।

मंगलबार एक भिडियो जारी गर्दै नेता थापाले अक्सिजनको अभावमा कोरोनाम संक्रमित र संक्रमितका आफन्तहरुले दुःख पाएको बताउँदै अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउन प्रधानमन्त्री ओलीलाई अपील गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू! अक्सिजनको अभावमा विरामी र उनीहरुका आफन्तको छट्पटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ । कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु ।’

व्यवस्थापन गर्न नसक्दा र जिम्मेवारी लिनेहरुको प्राथमिकतामा नपरेको तथा तयारीसमेत नगरेका कारण मुलुकभर अक्सिजनको चरम अभाव हुन पुगेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यो हदसम्मको विजोग हाम्रो हुदैनथ्यो । हामीसँग भएको पूर्वाधार, जनशक्तिको समर्पण, क्षमता यी सबै कुरा मैले पनि नजिकबाट हेरेर आउने मौका मैले पनि पाएको छु । व्यवस्थापन सही ढंगले गर्न सकेको भए र अहिले पनि व्यवस्थापन सही ढंगले गर्न सक्ने भए यो हदसम्म जानुपर्ने हाम्रो अवस्था होइन ।’

उहाँले थप भन्नुभयो, ‘अहिले अस्पतालमा कोभिडको विरामीहरुको चाप बढ्नासाथ अस्पताललाई पहिले जुन अक्सिजनले पुगिरहेको थियो, त्यस भन्दा २० गुणा–२५ गुणा बढी अक्सिजन लाग्छ, भन्ने कुरा आज भन्दा ढेड दुई महिना अगाडि नै अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।’

त्यस्तै, गत वर्षनै आफूले ‘अक्सिजनको चरम अभाव हुने स्थिति सिर्जना हुँदैछ, अक्सिजन प्लान्टहरुमा इन्भेष्टमेन्ट गर्नुस्’भनेर लिखित पत्राचार गरेको पनि उहाँले स्मरण गराउनुभएकाे छ ।

उहाँले थप भन्नुभएको छ, ‘अस्पतालहरुले अहिले यही अक्सिजनको डिमाण्ड यस्तो हुन्छ भनिसकेपछाडि सरकारी निकायले उत्पादन गर्ने साथीहरुसँग एउटा-दुई वटा बैठक बोलाउनु भयो र राम्रोसँग चुरो कुरामा नपुगीकन निष्कर्ष निकाल्नुभयो ।’

त्यस्तै, अस्पतालले अक्सिजन पाउनका लागि सरकारले कोटा तोकिदिएको उल्लेख गर्दै उहाँले फेरि भन्नुभयो, ‘यस्ता स–साना कुराहरुको दोष चाँहि हाम्रो स्वास्थ्य प्रणालीलाई र जिम्मेवारी लिनेहरुलाई जवाफदेही नबनाउने कुरा हुन्छ ।’

उहाँले थप भन्नुभयो, ‘हामीसँग हुँदै नभएको कुराको प्रयत्न भएन भने गुनासो ग¥यौं, आलोचना ग¥यौं भने त्यो पूर्वाग्रही हुन्छ । तर, आज भएकै कुराको व्यवस्थापन गर्न सकेनौं भने त्यो चाहि आफ्नो कमजोरी हुन्छ, अयोग्ता हुन्छ, त्यो चाँहि आज भयो ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.