Advertisement

सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा किन राखियाे

0 433

Advertisement

१६ बैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा किन राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको उनको आकस्मत कसरी पोजेटिभ रिर्पोट आयो भन्दै प्रश्न गरेको छ । साथै जनमोर्चाले सरकारलाई यसको जवाफ दिन माग गरेको छ ।

जनमोर्चाले गण्डकी प्रदेशको सरकारविरुद्ध आएको अविश्वासको समर्थन गर्ने पार्टीको निर्णय परिवर्तन नभएको स्पष्ट पार्दै मतदानको बेलामा भएको शाहीको अनुपस्थिति रहस्यमय भएको जनाएको छ ।

अहिले अस्पतालमा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता लगायत कसैँलाई पनि शाहीसँग भेट गर्न नदिएको भन्दै जनमोर्चाले आपत्ति जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.