Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

१३ वर्षपछि गायनमा फर्किएकी उर्मिलाको ‘माया बैगुनी’ सार्वजनिक ( भिडियो )

0 261

१४ बैशाख, काठमाडौं । अमेरिकामा छायांकन भएको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।
पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन्। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.