Advertisement

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

0 571

Advertisement

०९ बैशाख, काठमाडौं । युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोमगा काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका-३ घर भएका ३६ वर्षीय भरत प्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.