Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अजाेड इन्स्याेरेन्सले नाै महिनामा एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन

0 112

०५ बैशाख, काठमाडौं । अजाेड इन्स्याेरेन्सले नाै महिनामा एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन गरेकाे हाे ।

सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले कम्पनीकाे प्रगति सार्वजनिक गरेका हुन् ।

२०६४ चैत २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो ।

यसले २०७५ असार १५ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती पाएको थियो । कम्पनीले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

हाल कम्पनीको २६ जिल्लामा ३८ वटा शाखा तथा उपशाखा कार्यलयहरू छन् ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.