Advertisement

एक सातामा ४१९ बालबालिकामा कोरोना पुष्टि, सरसफाईमा ध्यान दिन र भीडभाडमा नपठाउन सुझाव

0 585

Advertisement

०२ बैशाख, काठमाडौं । बालबालिकाका कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक सातामा संक्रमण दर १८ प्रतिशत पुगेको छ ।

नेपालमा फैलिएको यूके भेरियन्टबाट १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका व्यक्ति बढी जोखिममा रहेकोले विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ ।

यूके भेरियन्ट पहिलेकोभन्दा बढी आक्रामक र सहजै संक्रमण गर्न सक्ने खालको भएको कारण पनि अहिले बालबालिका र युवाहरुमा जो भीडभाड र समुहमा बढी बस्छन् । उनीहरुमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।

बालबालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था

चैत २५ जम्मा संक्रमित २ सय ९८ जना बालबालिका २५ जना
चैत २६ जम्मा संक्रमित ३ सय ३२ बालबालिका ५१ जना
चैत २७ जम्मा संक्रमित २ सय ८८ बालबालिका ३४ जना बालबालिका
चैत २८ जम्मा संक्रमित ३ सय ३७ बालबालिका ५२ जना
चैत २९ जम्मा संक्रमित ३ सय ३ बालबालिका ४७
चैत ३० जम्मा संक्रमित ५ सय ५९ बालबालिका १०४
चैत ३१ जम्मा संक्रमित ५ सय १७ बालबालिका १०६

तथ्याङ्क हेर्दा बालबालिकामा संक्रमण डरलाग्दो गरी बढिरहेको देखिन्छ । बिद्यालय पठाएका बालबालिका संक्रमित हुनेक्रम बढ्दै गएपछि अभिभावकहरु चिन्तित देखिएका छन् ।

संक्रमण भएका बालबालिकाको जिन सिक्युसिङ्ग परीक्षण गर्दा अधिकासमा यूके भेरियन्ट भनिने नयाँ स्वरुपको भाइरस पुष्टि भएको छ । यो पटक १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले बढी सावधानी अपनाउन बिज्ञको सुझाब छ ।

बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन मास्क लगाइदिने, सरसफाईमा ध्यान दिन र भीडभाडमा नपठाउन विज्ञको सुझाव छ । नेपालमा हालसम्म २१ हजार ३ सय २९ जना १८ वर्षमुनिका बालबालिका कोरोना संक्रमित भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.