Advertisement

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना पुष्टि

0 551

Advertisement

०२ बैशाख, एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

उनले बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। ‘सुरुवाती लक्षण देखिएपछि मैले कोरोना परीक्षण गराएँ। र, मेरो रिपोर्ट पोजेटिभ आयो,’ उनले ट्विटमा लेखेका छन्।

कोरोना परीक्षणपछि आफू सेल्फ आइसोलेसनमा रहेको उनले जानकारी दिए। ‘म सेल्फ आइसोलेसनमा छु साथै चिकित्सकको परामर्शको पूर्ण पालना गरिरहेको छु,’ उनले ट्विटमा लेखेका छन्, ‘सबै काम भर्चुअलरूपमै सम्पादन गरिरहेको छु।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.