Advertisement

आइपीएलमा बैंगलोरको लगातार दोस्रो जित

0 785

Advertisement

०२ बैशाख, काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन् ।

बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान बिराट कोहलीले ३३ रन जोडे ।

हैदरावादका जासन होल्डरले ३ विकेट लिए । राहिद खानले २ तथा भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक एक विकेट लिए ।

जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.