च्याम्पियन्स लिगमा चेल्सी विजयी
२६ चैत, एजेन्सी । गएराति सम्पन्न भएको यूईएफए च्याम्पियन्स लिग अन्तर्गत खेलमा इङ्ग्लिस क्लब चेल्सी विजयी भएको छ ।
खेलमा चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ।
रामोन स्यान्चेज स्टेडियममा सम्पन्न भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो।
चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे।
खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो।
साथै दोस्रो हाफमा फेरि चेल्सीले अर्को गोल थप्यो। खेलको चिलवेलले ८५ औं मिनेटमा गोल गरे। र, चेल्सीले २-० को जित निकाल्यो।
यी दुई टोली बीचको दोस्रो लेगको खेल अप्रिल १४ मा हुनेछ।
यो पनि पढ्नुहोस् :