Advertisement

सुखौरामा शितभण्डार : किसान उत्साहित

0 643

Advertisement

२३ चैत्र, काठमाडौं । गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायासी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने र बेसिजनमा बिक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ ।

व्यावसायिक रुपमा आलुखेती गरेर पनि आम्दानीसँग जोडिन नसकेका बरेङ गाउँपालिका–५ सुखौराका किसानले अब भने सुखको सास फेर्ने छन् । सुखौरामा कृषि उपज भण्डारणको लागि शित भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरेको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइँमा पर्ने गरेको छ शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रैमहिना बिक्रीका लागि तयार रहने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको रु. १५ लाख लागतमा शितभण्डार निर्माण गरिएसँगै किसानमा आम्दानीको आशा पलाएको हो । ‘अब हामीले बेसिजनमा मूल्य पारेर आलु बेच्न सक्छौं’, स्थानीय किसान मोहन थापाले भने , “शीतभण्डारले किसानलाई साथ दिनेछ ।” आफुहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरे । शितभण्डार निर्माण भएसँगै आफूहरुले उत्पादन गरेको आलु समयमै बेच्न नसकेको खण्डमा कुहिएर जाने डर नरहेको बताए ।

उनले शीतभण्डारका कारण उत्पादित आलुलाई बेसिजनमा बेचेर दुई गुणा बढी फाइदा गर्न सकिने बताए । सुखौरा भित्रिवन आलु पकेट क्षेत्रमा शितभण्डार निर्माण भएको हो । यहाँका २२४ घरधुरीले फलाएको आलु शीतभण्डारमा राख्न सकिने छ । सुखौरामा हरेक परिवारले ६ देखि २२ मुरीसम्म आलु उत्पादन गर्ने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । आलुको बिक्रीबाट मात्रै रु १० देखि २० लाख गाउँ भित्रिने गरेको छ । शीतभण्डार प्रयोगमा आएपछि यो अङ्क दोब्बर हुने किसान बताउँछन् ।

आलु पकेट क्षेत्र घोषणा गरिएसँगै त्यहाँका किसानले गहुँ र जौँ लगाउने जग्गामा समेत आलु नै लगाउन थालेका छन् । सरकारले आलु उत्पादनको लागि अनुदान दिन थालेसँगै किसानले आलु उत्पादनलाई वृद्धि गरेका छन् । सुखौरामा फलेको आलु गुल्मीको शान्तिपुर, रुपन्देहीको बुटवल, जिल्लाका साना बजार र गाउँमासमेत बिक्री हुने गरेको छ । रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.